आफैले संचालन गर्न तयार नहुदै जर्मनले माग्यो गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थल,

 

काठमाडौं / ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल सञ्चालन संचालनमा जर्मनीले चासो देखाएको छ | जर्मनीले सरकारलाई औपचारीक पत्र पठाउँदै आफु इच्छुक रहेको बताएको छ | यस अघि पनि जर्मनीका प्रतिनिधिले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेर रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि इच्छुक रहेको जनाएको थियो |

पछिल्लो पटक दोस्रो पत्र पनि जर्मनीको म्युनिखले औपचारिक रुपमा पठाएको मन्त्रालय श्रोतले जनाएको छ | ५० वर्षका लागि विमानस्थल सञ्चालनको माग गर्दै म्युनिखले औपचारिक पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा पठाएको हो | यसअघि गत फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणसँग औपचारीक प्रस्ताव गरेको म्युनिखले दोस्रो पटक भने पत्र नै पठाएर चासो ब्यक्त गरेको छ |

 

 

सरकारले सो विमानस्थल ‘जिटुजी’ मार्फत सञ्चालनका लागि दिने निर्णय गरेको जानकारी पाएको जर्मनीले यस्तो औपचारीक प्रस्ताव पठाएको हो । तर अहिले नै जर्मनीलाई नै दिने भन्ने निर्णय भने मन्त्रालयको तर्फवाट भएको छैन| सरकारले विगत लामो समयदेखि जर्मन कम्पनी लगायत अन्य देशका कम्पनीसँग पनि छलफल गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले स्वीकार गरेका छन् | तर उनले औपचारीक निर्णय भने भइनसकेको बताएका छन् | प्रधानमन्त्री केपी शर्मा ओलीको जिटुजीमार्फत विमानस्थल सञ्चालन गर्ने गरी काम गर्न निर्देशनसँगै प्राधिकरण र मन्त्रालय नेतृत्वले विदेशी कम्पनीहरुसँग छलफल सुरु गरेका हुन् |

कति वर्षका लागि दिने, कुन मोडालिटीमा जाने, नेपालले त्यसबापत के पाउनेलगायत धेरै विषय आउने र एउटै पत्रले सबै निर्णय नहुने भएकाले कुन कम्पनी वा देशसँग सम्झौता हुन्छ भन्न नसकिने बताइएको छ | म्युनिखले ५० वर्षका लागि विमानस्थल सञ्चालनका लागि माग गरेको छ|विमानस्थललाई आगामी सन् २०२० को जनवरीदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ| म्युनिखसँगै साउदी अरब, कतार लगायत देशले समेत विमानस्थल सञ्चालनका लागि चासो दिएको छन्। एसीयाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सन् २०१६ देखि विमानस्थल निर्माण सुरु भएको थियो |

Loading...
प्रकाशित मिति July 23, 2019