पति छविले कुटेपछि गुहार माग्दै प्रहरी समक्ष पुगिन् नायिका शिल्पा पोखरेल !

काठमाडौं, २५ असार -:  निर्देशक तथा पति छविराज ओझाबाट निरन्तर हातपात भएको भन्दै नायिका शिल्पा पोखरेल उनीबिरुद्ध उजुरी दिन प्रहरी समक्ष पुगेकी छिन् ।

आफ्नो ज्यू-ज्यानको सुरक्षा गराई पाउँ भन्दै प्रहरी समक्ष पुगेकी छिन् । नायिका पोखरेलले आफ्नै श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो’ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार श्रीमानबाट असुरक्षित भएको भन्दै नाायिका पोखरेलले शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएकी हुन् । उनले पोखरेलको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी गराए ‘।

नायिका रेखा थापासँग पारपाचुके गरेर बसेका निर्माता छविराजले नायिका शिल्पा पोखरेललाई २०७३ सालको दशैंमा गोप्य रुपमा चौथो श्रीमतीको रुपमा भित्र्याएका थिए । लामो समय उनीहरुले आफ्नो विवाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले विवाह गरिसकेको बताएका थिए’ ।

शिल्पालाई चलचित्र ‘लज्जा’ मार्फत फिल्मी क्षेत्रमा छविले नै डेब्यू गराएका थिए । त्यसपछि छविकै ब्ब्यानरमा शिल्पाले‘ हवलदार सुन्तली ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । news24 Nepalबाट

Loading...
प्रकाशित मिति July 10, 2019