विकास निर्माणको काममा अलमल नगर्न प्रधानमन्त्री ओलीको कडा निर्देशन !

काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा अलमल नगर्न सबै निकायलाई सचेत गराएका छन् । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरे सैह्य नहुने चेतावनी दिए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ३२ जिल्लामा नेपाल टेलिकमको ‘फोरजी सेवा’ एकैसाथ शुभारम्भ गर्दै उनले समयमा काम सम्पन्न नगरेर जनतालाई सेवाबाट बञ्चित गराउन नपाइने पनि दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले फोरजी सेवाको ३२ जिल्लामा एकैसाथ शुभारम्भ गरेर मुलुकको विकासमा प्रविधिको प्रयोग र उपयोग गर्न सरकार सफल भएको दावी पनि गरे । उनले मुलुकको विकासका लागि प्रविधिको प्रयोग सफल र उपयोगी भएको पनि स्पष्ट पारे ।

प्रविधिको हस्तान्तरणको माध्यमबाट मुलुकको विकास, निर्माणको काममा योगदान पुर्‍याउन पनि सम्वद्ध सबैले योगदान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई आफ्ना परियोजनाहरुको काम समयमै सम्पन्न गराउने काममा केन्द्रित हुन पनि निर्देशन दिए ।

 

Loading...
प्रकाशित मिति October 2, 2019