नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रोल्पा पुगेर किन ? यस्तो भने ,

 

रोल्पा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १० वर्षे शसस्त्र युद्धमा थलिएको रोल्पाले युद्दबाट के पायो ? भन्ने प्रश्न उठाएका छन । दोस्रो चरणको जनजागरण अभियान समापनका क्रममा नेपाली कांग्रेसले रोल्पामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बरीष्ट नेता पौडेलले रोल्पाबाट थालिएको युद्द र त्यस पछी बनेका कम्युनिष्ट सरकारबाट रोल्पाले के पायो भन्ने प्रश्न गर्दै कम्युनिष्टहरुले भ्रम मात्रै छर्ने काम गरेको बताएका छन ।

हिजो द्धन्दको समयमा थुप्रै सपना वाडेर रोल्पालीहरुलाई यु*द्धमा होमी आज केही सिमित नेता तथा कार्यकर्ताहरुले मात्र सुविधा भोग गरिरहेको नेता पौडेलले आरोप समेत  लगाए थिए । कम्युष्टिहरले  मिठो सपना हरु देखाइर जनतालाई धोका दिने बाहेक अरु कुनै काम गर्न नसकेको उल्लेख गर्दै, पौडेलले भने ‘देशमा भ्रष्टाचारका काण्डहरु घटाउने ह*त्यारा,  अपराधी, बेइमानिहरुलाई संरक्षण गर्ने काममा बर्तमान सरकारको समय सकिएको छ ।

बिकाश र समृद्दिका कुरा मात्रै गरिएको छ काम अर्कै भएको छ’ । ५ वर्षका लागी नेकपालाई केही गर्न जनमत दिए पनि केही गर्न नसकेकाले अव नेपाली काँग्रेसलाई जनमत लिइ जनताले पहिलो पार्टी बनाउने पौडेलले दाबी  गरे । अहिलेका कम्युनिष्टकै कारण अव देशमा नेपाली काँग्रेस ठुलो शक्तिका रुपमा उदय हुने पौडेलको दाबी रहेको थियो । तत्कालीन माओवादीका चार-चार जना सम्म प्रधान मन्त्रि हुदा समेत देशले संविधान नपाएको स्मरण गर्दै वरिष्ट नेता पौडेलले काँग्रेसको सरकारले संविधान बनाएर देशलाई राजनितिक निकास दिएको र अब कांग्रेसले नै देशलाई बिकाश र सम्बृद्दिको युगमा लाने दाबी  समेत गर्न  भने ।

यसै बिच यसैविच वरिष्ट नेता पौडेलले नेपाल तरुण दल रोल्पा नगरपालीकाका तत्कालिन नगर सभापती रोहित पुनको सम्झनामा निर्मित रोहित स्मृती प्रतिक्षालयको अनाबरण गरेका छन ।कार्यक्रमलाई नेपाली काँग्रेस रोल्पाका सभापति अमर सिंह पुन, पुर्व राज्यमन्त्रि सुरेन्द्र हमाल, योजना आयोगका पुर्व उपाध्यक्ष तथा नेता डा . गोविन्द पोख्रेल,जनजागरण अभियानका लागी केन्द्रिय प्रतिनिधि  हुकुम वहादुर विष्ट, मोहनलाल वस्नेत, लगायतले सम्बोधन गरेका थिए ।

 

Loading...
प्रकाशित मिति September 25, 2019