आयल निगमले खाना पकाउने, ग्यास र हवाई इन्धनको मूल्य घटायो।

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन ‘वाह्य उडानतर्फ’ को मूल्य, घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो । निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ । अब हवाई इन्धन (वाह्य)तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ ।

निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो । पाइपलाइनमार्फत डिजेल आउन थालेपछि पेट्रोलियम पदार्थको मूल्य घटाइए पनि हवाई इन्धन र ग्यासको मूल्य यथावत राखिएको थियो । 

नोट : सर्वाधिकार सुरक्षित हाम्रो फेसबूक पेज ‘जन्तरे online सेरोफेरो नेपाल’ (जोस) नेपाल डट कममा । तपाईहरु सँग पनि कुनै सुचना समाचार छन् भने हामीलाई hikamanroka@gmail.com मा पनि पठाउन सक्नु  हुनेछ । हामी तपाईकाे सुचना लेख समाचारलाई उचित स्थान दिनेछौं ।

 

Loading...
प्रकाशित मिति September 21, 2019