पुर्वी रोल्पाको देवि मन्दिर माध्यमिक बिधालय सुनछ्हरी गाउपालिका-५ पोबाङका विद्यार्थीहरु दैनिक बिधालय आउन जान शिक्षकको साहारा !

रोल्पामा । दैनिक बिधालय जान शिक्षकको साहारा ! रोल्पा । पुर्वी रोल्पाको देवि मन्दिर माध्यमिक बिधालय सुनछ्हरी गाउपालिका-५ पोबाङका विद्यार्थीहरु दैनिक बिधालय आउन जान समस्या भएको छ ।

 गत भदौ २३ गते आएको बाढीले बाटो बिग्रेए पछि र वर्षातको कारण  सुनछहरी गाउपालिका-५ पोबाङ गाउको नजिकै रहेको भिर बाट  दिनहु पहिरो बगेको हुनाले सुनछहरी गाउपालिका -५ थनबाङ र पोबाङको बिभन टोल बाट  सो बिधालयमा अध्ययन गर्न जाने विद्यार्थीहरु लाई समस्या भएको हो ।

दैनिक जसो बिध्यार्थिहरु लाई बिधालयको शिक्षक र कार्यालय सहयोगीले खोला वारपार गराइरहेको बिधालयका प्रधानाध्यापक बिष्णु प्रसाद खनालले बताउनु भयो । कति विद्यार्थी त खोला तर्न नसकेर घर फर्किने गरेको र साना साना बालबालिका त घर बातै अभिभावकले स्कुलै नपठाउने गरेको स्थानीय अभिभावकहरुले बटाउने गर्छ्न ।

 

जोखिम मोलेर अध्ययन गर्नु परेको छ।साना साना भाईबहिनीहरु लाई खोला तार्नमा सहयोग गरेको कक्षा सातमा अध्ययनरत छात्र चन्द्रबहादुर बितालुले बताउछ्न । सो बिधालयमा थनबाङ बाट कक्षा तीन पास गरि दैनिक चार घण्टा लगाएर अध्ययन गर्न जाने गर्छ्न । साथै थबाङ, उवा,सेरम तिर जाने यात्रुहरु लाई समेत समस्या परेकोछ ।

 

पाच मिनेटमा पार गर्ने बाटो करिब एक घण्टा लगाएर हिडेर पार गर्नु परेको उवाका इन्द्र पुनमगरले बताउनु भयो । साना साना खोलामा बाढीले गर्दा बाटो बिग्रीएको छ । जसले गर्दा गाडीहरु चलेका छैन।बाटो बन्द भए पछि मानिसहरु दैनिक हिडिर बजार आउने जाने गरेको स्थानीयहरु बताउछ्न । –जुनिस कुमार बिष्ट जैमाकसला,रोल्पा

नोट : सर्वाधिकार सुरक्षित हाम्रो फेसबूक पेज ‘जन्तरे online सेरोफेरो नेपाल’ (जोस) नेपाल डट कममा । तपाईहरु सँग पनि कुनै सुचना समाचार छन् भने हामीलाई hikamanroka@gmail.com मा पनि पठाउन सक्नु  हुनेछ । हामी तपाईकाे सुचना लेख समाचारलाई उचित स्थान दिनेछौं ।

 

 

Loading...
प्रकाशित मिति September 20, 2019