हरीमाया: रायमाझीको उत्कृष्ट शब्द संयोजनमा विशाल: रायमाझीले संगीत भरेको “चुहिने छानो” बोलको गीत विशाल रायमाझीको दशैं-तिहार गीत (भिडियो) सहित

 

काठमाडौं । नजिकिँदै गरेको महानपर्व वडा दशैं तिहार लाई मध्यनजर गर्दै दिनानुदिन दशैं विशेष गीतहरु बजारमा आइरहेको बेला पछिल्लो समयका लोकप्रिय गायक तथा सर्जक विशाल रायमाझीले पनि दशैं कोसेली पस्केका छन् । गीतकार हरीमाया रायमाझीको उत्कृष्ट शब्द संयोजनमा विशाल रायमाझीले संगीत भरेका छन ।

“चुहिने छानो” बोलको गीत विशाल रायमाझी अफिसियल युट्युब च्यानलबाट बजारमा आएको छ । गायिका लक्ष्मी बस्नेत र विशाल रायमाझीको स्वरमा रहेको मार्मिक गीतको भिडियो पनि निकै नै मनछुने बनेको छ, जस्लाई राजकुमार मगरले निर्देशन गरेका हुन् भने सागर गौतमको क्यामरा र राज कुमार मगरकै सम्पादन रहेको छ ।

भिडियोमा नायिका तथा मोडल एलिना रायमाझी गायक स्वयं विशाल रायमाझी ,शुसान्त पंक्षी ,अपेक्षा गुरुङले तारिफयोग्य अभिनय गरेका छन् । भिडियो हेर्नुहोस् –

 

Loading...
प्रकाशित मिति September 20, 2019