“आँश शहर ” लोकदोहोरी गीत सार्बजनिक !

काठमान्डौं । असोज २ “आँशुको शहर ” लोकदोहोरी गीत सार्वजनिक भएको छ– अर्जुन कुवर -भिडियो सहित फेरि लोकदोहोरी गीत आशुको कारखानाको अपार सफलता पछि योग्सना डिजिटल म्युजिक प्रालिकोे प्रस्तुतीमा अर्जुन कुवर र सागर पौडेलको आशुको कारखाना भाग २ “ आशुको शहर” सार्वजनिक भएको छ ।

विनोद बाजुरालीको एरेन्ज रहेको उक्त गीतमा लोकप्रिय गायिका बिष्णु माझी र गायक अर्जुन कुवर पित्री बुढोको आवाज रहेको छ । लोक दोहोरी क्षेत्रका एक अब्बल गायक हुन गणेश अधिकारी, उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका पाईन्छ । मिठो स्वरका धनी अधिकारी गीत मात्र गाउदैनन् , शब्द अनि संगीत मा पनि उत्तीनै मिठो सृजना गर्छन् ।

उक्त “ आशुको शहर” गीतमा पनि लय तथा शब्द सिर्जना गणेश अधिकारीको  रहेको छ । अर्जुन कुवर पित्री बुढोको अफिसियल युटुब च्यानलबाट बजार आएको सो गितमा खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । भने श्याम मल्लको मेकप र सुरेश श्रेष्ठको छायाँकन रहेको लोक तथा दोहोररी गायीका बर्षा लम्सालले बताईन् ।

स्मिृती तिमिल्सिना गुरुआमा को निर्देशन रहेको भिडियोमा सुजन शाहीको सम्पादन अनि सारीका केसी, आशिर प्रताप जंग, शेर बहादुर डिसी, सागर पौडेल, आर्जु कुवर, दिलकुमारी गरबुजा र रिहान शंकरको अभिनय रहेको देख्न  सकिन्छ ।

भिडियो-👇

 

भिडियो-👇

 

Loading...
प्रकाशित मिति September 19, 2019