“अधर्म कहिल्यै नसोच्नु,सके पुन्य कमाउनु” सकेको आर्थिक सहयोग सबैले गरौं ।

तुल्सिपुर दाङ । अपिल “अधर्म कहिल्यै नसोच्नु,सके पुन्य कमाउनु” नमस्कार शुभ बिहानी मेरो फेसबुकमा रहनु भएको सहयोगी मनहरुलाई।आज हजुरहरु सामु एउटा सहयोगको लागी बिन्ती गर्न गइरहेको छु । दाङ तुल्सिपुर उपमहानगरपालिका वार्ड नं.३ थापापानी बस्ने शेर बहादुर बाठा को छोरा बर्ष १९को प्रकाश बाठा लाई क्यान्सर (रक्त रोग ) लागेको छ ।

 

हाल काठमाडौंमा रहेको “सिभिल सर्भिस अस्पताल” (CIVIL SERVICE HOSPITAL)मा उपचार गराइरहेको र डाक्टरको भनाइ अनुसार उनको उपचार खर्च लगभग पन्ध्र लाख (१५,००,०००) लाग्ने भएको छ । तर उनको घरको आर्थिक अबस्था नाजुक भएको कारणले गर्दा उनको परिवारले यति रकम जुटाउन असम्भव छ ! त्यसै कारणले गर्दा म तपाईहरु समक्ष आफुले सक्ने सहयोग गरिदिनहुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु ।

हाम्रो सानो सहयोगले उनको जिबन बचाउनको लागि  यदि हजुरहरुले सहयोग गर्न चाहनुहुन्छ । भने क्यान्सर पीडित प्रकाश बाठाको आमा कमला बाठा (kamala Batha) को नाममा रहेको रास्त्रीय बाणिज्य बैंकको खाता नम्बर 142006975210 अथवा पीडित को आमा कमला बाठा को नाममा आई एय ई (IME) मार्फत सहयोग रकम पठाउन सक्नु हुनेछ ।

नोट: सम्पर्क को लागी क्यान्सर पीडित प्रकाश बाठाको आमाको मोबाइल नम्बर :- 9806234620 – फेसबुक मा: Naresh Pun

 

 

 

Loading...
प्रकाशित मिति September 17, 2019