न्यूज २४ ले कर्मचारीलाई तलब नदिएकाे खुलासा, अब केहि गर्लान त  रविले  ?

काठमाडौं –: नेपाल ब्रोडकास्टिङ च्यानलद्वारा सञ्चालित न्यूज २४ का कर्मचारीले केही महिनादेखि तलब नपाएको खुलासा भएको छ। लामो समयदेखि कार्यरत कर्मचारीले पाउनुपर्ने पारिश्रमिक नदिएर श्रम शोषण गरेको खुलेको हो।पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा त्यहाँ कार्यरत इन्जिनियरले महिनौदेखि तलब नपाएको खुलासा गरेका हुन्। उनले लेखेका छन् ‘न्यूज २४ टिभीले त्यहाँ कार्यरत ईन्जिनियरलाई तलब नदिएको खबर मैले पाएको छु, व्यवस्थापनले प्रष्ट पारोस।’

सोही स्ट्याटसमा उपाध्यायले एक इन्जियरकाे पीडा उदृत गर्दै ‘नौ महिना काम गर्दा तीन महिनाकोमात्रै तलब पाएको खुलासा गरेका छन्। रवि लामिछानेको क्रेज र टिभीको टिपीआर बढे पनि कर्मचारीले तलब नपाएकोमा भने उनले रोष प्रकट गरेका छन्।कर्मचारीको यस्तो पीडामा रवि दाई तपाइले पनि केही त बोल्नुपर्ने हो कि’ भन्दै प्रश्न समेत गरेका छन्। अन्तिममा एक जना पीडित इन्जिनियर भाइको प्रतिनिधिमुलक सत्य भोगाई भन्दै उनले उल्लेख गरेका छन्।

इन्जिनियरमात्रै होइन अन्य कर्मचारीले पनि तीन चार महिनापछि मात्रै एक महिनाको तलब पाउने गरेको गुनासो गर्छन्। स्रोतका अनुसार टिभीले समयमा तलब नदिने भएपछि कर्मचारीहरु पार्ट टाइम कामको खोजीमा भौतारिनु परेको छ।न्यूज २४मा चर्चित कार्यक्रम सीधा कुरा जनतासँग प्रशारण हुन्छ। जसका प्रस्तोता चर्चित सञ्चारकर्मी रवि लामिछाने छन्। उनले गरिब र पीडामा परेका ससाना समस्याको आफूले वकालत गर्दै आएकोे दाबी गर्छन्। तर आफैभित्रका यस्ता विषयमा उनले कहिल्यै कार्यक्रममा बोलेका छैनन।
आगामी दिनमा उनले यस विषयमा बोल्छन् कि बोल्दैनन् त्यो भने हेर्न बाँकी छ।

यस्ताे छ उनले फेसबुकमा लेखेकाे स्ट्याटसः NEWS24 Nepal TV ले ईन्जिनियरहरूको तलब नदिएर शोषण गरेको खबर मैल पाईरहेको छु, यसमा म्यानेजमेन्टले प्रष्ट पारोस्।

ईन्जिनियर को पिडा: News 24 लगायत नेपालका टेलिभिजनहरुमा थुप्रै ईन्जिनियरहरु कार्यरत छन्, म आफै पनि News 24 मा लगभग ९ महिना ईन्जिनियरको रुपमा मासिक ८ हजार तलबमा काम गरें। तर तलब नदिएर जम्मा ३ महिनाको तलब मात्र लिएर जागिर छोडेको हुँ। पछिल्लो समय मैले News 24 कै कार्यरत ईन्जिनियरहरुसँग कुरा गरेको थिएँ , उनीहरुको हालत अझै मैले छोडेको जस्तै रहेछ- त्यसै त थोरै तलब, त्यो पनि समयमा नपाउने ), मात्र बढेको छ त News 24 को TRP , Advertisement र रवी लामिछानेको Craze ।तर रबी दाइ , कम्तीमा तपाईले कार्यरत सस्थाको ईन्जिनियर लगायत सम्पूर्ण कर्मचारीहरूको पिडाको बिषयमा केही त बोल्ने पर्ने हो कि? सम्पूर्ण ईन्जिनियरिङ सस्थाहरुले पनि नेपालका टेलिभिजनहरुमा कार्यरत पिडित भैरहेका ईन्जिनियरहरुको बारेमा आवाज उठाउनु पर्ने हैन?
(एकजना पिडीत ईन्जिनियर भाइको प्रतिनिधिमूलक सत्य भोगाई)

सम्पादकीय : रबि एउटा आफैमा कर्मचारी हो, उ कुनै मिडिया हाउसको संचालक वा कार्यकारी निर्देशक होइन | तलवको शिलशिला तोक्ने र अन्य कर्मचारीलाई तलव दिलाउने काम उसको होइन यद्दपी रविले तलव नदिएकै बिषयमा कार्यक्रम बनाउने वा त्यसलाई पर्दाफास गर्न भने सक्छन तर त्यो अहिलेसम्म नगरेको गुनासो आउनु स्वाभाविक नै हो |

Loading...
प्रकाशित मिति September 11, 2019