लोक स्टार को एक मात्र रोल्पाली हिजो आज , जो नेपाल लोक स्टार को पहिलो स्टार बन्न्ने यात्रामा छन् ।

 

रोल्पा । रोल्पाली छोरा, जो नेपाल लोक स्टार को पहिलो स्टार बन्न्ने यात्रामा छन शनि विश्वकर्मा यतिबेला चर्चाको शिखरमा छन । नेपाली लोक स्टारको पहिलो राउण्डमै गोल्डेन स्टार पाएर टप २० मा पुगेका शनिको विगत त्यति सजिलो रहेन । रोल्पा जिल्ला जनयुद्धको उद्गम थलो पनि हो। भर्खर युद्दको घाउहरु सेलाउदै थिए ।

चराहरु शान्तरुपमा उड्न थालेका थिए, बालबच्चाहरु निर्धक्क खेल्न थालेका थिए छन  पनि । गोठालो जाने आमाबाबुहरु बल्ल आनन्दले गित गाउदै स्याउलापात गर्दै काम गर्ने वातावरणमा थिए । त्यहि बेला रोल्पाको सदरमुकाम नजिकै रहेको जंकोट गाविसको वडा नं ८ मा आमा मन कुमारीको कोखबाट जन्म लिन पुगे शनि विश्वकर्मा । बाबुको नाम मन बहादुर बिक हो ।

 

घरको आर्थिक अवस्था त्यति बलियो थिएन, तर पनि जेनतेन हुर्किने अवसर पाए शनि । आमाबाबु अनि परिवारको मेहनतले उनी पनि सानैदखि लगनशील रहे । खासै बोल्दैनन उनी तर उनिभित्र अथाहा प्रतिभा लुकेर रहेको छ । पहिलो आइएमइ नेपाल लोक स्टारको भोट  शनि विश्वकर्मा लाई पनि उहाँ को गायन कला लाई सपोट गरौं। भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई L (स्पेस ) 24 टाइप गरि 37000 मा म्यासेज सेन्ड गर्नु होस् । र IME  pay मार्फत पनि भोट गर्न सकिन्छ ।

 

Loading...
प्रकाशित मिति September 9, 2019