“यो भन्दा धेरै नखुम्चाइयोस ! अब मेरो देशको नक्सा”

“लघु कथा” ‘समीप बैरागी’ रोल्पाली

रोल्पा – “अब छाम्नु पर्ने बाँकी रह्यो
सिँहदरवार र वालुवातारको छाती भित्र
जसको मुटुमा हुनुपर्ने हो देश
त्यसैको मुटुमा हेर्नु छ ।

महोदय ! यो भन्दा धेरै नखुम्चाइयोस
अब मेरो देशको नक्सा” ।

थबाङ गाउँमा आज भएको जिल्ला स्तरीय कवि गोष्ठीमा कवि बैरागी जेठाले बाचन गर्नु भएको कविताको अन्तिम हरफलाई दोहोर्‍याइई तिहर्‍याई मनमा सम्झँदै-सम्झँदै पाइलाहरु निकै हतारमा अघि लम्काउँदै थिएँ । जब थबाङ गाउँको फेरोमा रहेको एउटा क्याफेको नजिक पुगेँ मनमा तरंग मचाउँदै एउटा सुरिलो आवाज आयो क्याफेबाट ।

“दु:खीको पीडा संगीतमा उनि गाएका थियौँ ।
मुक्ति या मृत्युुको कसम हामी खाएका थियौँ” ।

म लेखक त हुँ तर पनि अलमलमा रेँ ।मुक्तकको पंक्ति हो कि गजलको मतला ? कविताको हरफ हो कि गीतको अन्तरा ? बुढ्योली घाम जलजलाको डिलमा पुगेर थबाङ गाउँ र गुराँस संग बिदा माग्दै गरेको यो गोधुली सन्ध्यामा यस्ता मार्मिक शब्दहरु ओकल्ने मान्छे को होला ? तीन चार पाइला पछाडि सरेर क्याफेतिर कान थापेँ । फेरि उहीँ शब्दहरु दोहोरियो निकै मीठो शैलीमा….।

“दु:खीको पीडा संगीतमा उनि गाएका थियौँ ।
मुक्ति या मृत्युुको कसम हामी खाएका थियौँ ।
आँधीमय दिन बन्यो एउटा अमीत इतिहास ,
स्वार्थलाई त्यागी वर्गीय प्रीत लाएका थियौँ”।

पूरा सुनेपछि बल्ल थाहा भयो, मुक्तका पंतिहरु रहेछन् । मुक्तक सुनेपछि मनमा अनेकौँ प्रश्नका थुप्रोहरु उब्जिए । किन गाए होलान् उनीहरूले गरिब दु:खीको आँसु र वेदनालाई संगीतमा उनेर अत्यचारको बिरोधमा क्रान्तिको गीत ?

किन खाए होलान् उनीहरूले हत्केलामा जीवन राखेर मुक्ति या मृत्युको कसम ? सायद यो सिंगो रोल्पाको कथा हुनुपर्छ , सिंगो देशको कथा पनि हुनुपर्छ । आँखाहरु दौडाएँ उतैतिर जताबाट माथिका मार्मिक शब्दहरु मीठो शैलीमा निस्किएका थिए…….

“समीप बैरागी”

Loading...
प्रकाशित मिति September 6, 2019