चर्चित गायक दोय चक्र बम र रेखा जोशीलाइ सु.प. सेवा समाज यूएइको कार्यक्रममा दर्शकको राम्रो साथ (भिडियो सहित)

जोस नेपाल डटकम – सुदूर पश्चिम सेवा समाज यूएइ को आयोजनामा अगष्ट ३० तारीक शुक्ररबारको दिनमा युएईकाे बर दुबईमा सुदूर पश्चिमको महान चाड गौरा पर्व सुदूर पश्चिमको सस्कृति झल्काउदै धूमधाम सँग मनाइएको छ। सुदूर पश्चिम को बोली भाषा सस्कृति को संरक्षण र सम्बर्द्धन गर्न सधै अग्रसर सुप समाज यूएइ को उक्त गौरा पर्वको कार्यक्रम मा लगभग पाँच सय जना जति सुप बासी र गैर सुप बासिको उपस्थिति रहेको थियो।

सु.प. सेवा समाज यूएइ कि अध्यक्ष सन्ध्या भण्डारी बोगटी को सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली सुदुरपश्चिम समाजका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र बम हुनुहुन्थ्यो भने बिशेष अथितिमा नेपाल बाट आउनु भएका सुप का चर्चित देउडा गायक/मोडेल चक्र बम,प्रसिद्द देउडा गायिका रेखा जोशि र अन्तर्राष्ट्रिय सुदुरपश्चिमेलि नेपाली समाजका मध्यपुर्ब संयोजक धर्म राज पाण्डेय हुनुहुन्थ्यो।

यूएइ मा रहेका संघ सस्थाका प्रमुख प्रतिनिधि, ब्यापारी, बुद्दिजीबी पत्रकार र कलाकार को उपस्थिति थियो भने दान बहादुर महरा ‘दिनेश’ र मनोज भट्ट ‘सानुकाजी’ द्वारा संचालन गरिएको उक्त कार्यक्रम मा समाजका वरिष्ठ सल्लाहकार एवम देउडा साहित्यकार लक्ष्मण आधिकरी ले स्वागत मंतब्य राख्नु भएको थियो।प्रमुख अथिति लोकेन्द्र बम ज्यूँ ले मंतब्य राख्दै सात समुंद्र पारी प्रदेशमा बसेर पनि आफ्नो देश गाउ ठाँउ र सुपको बोली भाषा सस्कृतिको लागि सबै सुप बासीलाइ एकजुट बनाई सुपको सस्कृति संरक्षण र सम्बर्धनका लागि गरेको यो कार्य उदाहरणीय र प्रसंसनिय रहेको बताउनु भएको थियो।

दिउसो करिब चार बजे देखी बेलूकी नौ बजे सम्म चलेको उक्त कार्यक्रममा सुप को सस्कृति गौरा को प्रतिमा सहित स्टेजमा महिला द्वारा बिरड़ा ले पुजा आजा ग़री गौरा को फाग गाउदै देउडा खेल्दै गाउँकै झझल्को आएको थियो। गायक चक्र बम र रेखा जोशी ले दर्शकहरुलाइ आफ्नो सुमधुर स्वर का माध्यमबाट देउडा खेलाउनुका साथै कम्मर मर्काइ मर्काइ नचाउनु भएको थियो भने गायिका रेखा जोशी र लक्ष्मण अधिकारी बिच भएको राइझुमा घम्साघम्सीमा अथिति कलाकार स्थानीय कलाकार, प्रमुख अथिति, अथितिहरु र सम्पूर्ण दर्शक हरु हौसिया देउड़िया सबै ले हात (बाउली) जोड़ी पाइलो मिलाई सुप को सस्कृति पहिचान देउडा खेल खेलेका थिए।

कार्यक्रममा आथिती कलाकारहरु चक्र बम र रेखा जोशी लाइ प्रमुख अथिती ज्युबाट दोसल्ला ओढाइ सम्मानित गरिएको थियो भने परदेशको बसाइलाइ बिट मारेर जन्मभुमि फर्किन गैरहेका कुसल नृत्यकार, सु.प. समाज युएई का सास्कृतिक विभाग प्रमुख तथा यस गौरा कार्यक्रमका संयोजक सुरज शाह ज्युको विदाइ पनि गरिएको थियो


यसरी सु.प. समाज यूएई द्वारा आयोजित गौरा पर्व सबै सु.प. बासिको साथ र सहयोगले सभ्य र भब्य रुपमा सबै दर्शको मन जित्दै सम्पन्न भएको थियो।

Loading...
प्रकाशित मिति September 1, 2019