तिमीले मलाई जन्माएको देशमा, जन्मेपछी नाभि गाडिएको त्यो माटोमा सत्यको बाटो हिड्न धेरै गाह्रो रहेछ आमा !

तिमीले मलाई जन्माएको देशमा, जन्मेपछी नाभि गाडिएको त्यो माटोमा सत्यको बाटो हिड्न धेरै गाह्रो रहेछ आमा ! तिम्रो छोराको पनि यस्तै सबैले चिन्ने ठुलो टेलिभिजन प्रस्तोता बन्ने ठुलो सपना थियो । सानोमा रेडियोमा कार्यक्रम संचालन गर्न जाँदा तिमीले कतिपल्ट ‘पढाई बिगारेर कार्यक्रम चलाउनुपर्दैन, भो नजा भनेर गाली गर्थ्यौ।’ तर, माईक्रोफोन अगाडि बोल्ने त्यो प्यासलाई तिमीले कहाँ रोक्न सक्थ्यौ र ! त्यो नशालाई तिमीले कहाँ छुटाउन सक्थेउ र !
परिस्थितिले सपनाको ठुलो भारी बोकाएर अरब देश पठाएपनी माईक्रोफोन अगाडि बोल्ने रहर कहिल्यै मरेन।

त्यै भएर त आजसम्म बोलिरहेको छु। ‘युएई’बाट छुट्टीमा नेपाल गएको बेला रबि लामिछाने दाइले मलाई News24 को स्टुडियो देखी टेलिभिजन भवनका प्रतेक कोठाहरु देखाउदै गर्दा मैले ‘दाई मेरो पनि टिभीमा कार्यक्रम चलाउने ठुलो सपना छ भनेर भनेको थिए।’ जवाफमा दाइले ‘म यहीँ हुन्छु, तिमी आफूलाई काठमाडौंमा टिक्न सक्ने केही पैसा कमाएर परिवार संगै बस्ने गरेर अब पुनः बिदेश नफर्किने गरि आउ, अनि संगै काम गर्नुपर्छ भनेको कुराहरू सम्झिरहेको छु।’ अनि, आज हेरिरहेको छु ।

रित्तो बनेको यो स्टुडियो।सित्तैमा कसैको एक मुठ्ठी पनि नखाएर ईमान्दार बनेर सत्यको बाटोमा हिड्न खोज्दापनि खुट्टामा बिझाउन आउने हजारौं बिषालु काँडाहरुलाई पन्छ्याउदै कतिन्जेलसम्म हिड्ने आमा ? नेपाली टेलिभिजनको ईतिहासमा एउटा गर्ब लाग्ने केही गतिलो काम गरेर म जस्ता युवालाई आकर्षित गरिरहेको ब्यक्तिमाथि यसरी जाल फालेर फसाउन खोज्ने देशमा के गर्ने उदेश्य बोकेर म त्रिभुवन बिमानस्थल अवतरण गरौं आमा ? तिम्रो छोराले आजसम्म बोल्न र लेख्न बाहेक अरु कुनै काम सिकेको छैन। बोल्दा मुख थुनिदिने र लेख्दा कलम खोसिदिने देशमा फर्केर तिम्रो छोराले के गरोस् भन्ने चाहान्छौं, आमा ? सुभाष_शर्मा को फेसबुक साभार पोस्ट

Loading...
प्रकाशित मिति August 19, 2019