के तपाईलाई थाहा छ, मृत्यु पछि पनि मानिसको आँखाले देख्ने र कानले सुन्ने काम गर्छ !

कति लाई थाहा नहुन पनि सक्छ, रुचि लिएर अन्तसम्म पढी दिनु होला । मृत्यु पछि पनि मानिसको आँखाले देख्ने र कानले सुन्ने काम गर्छ ! सुन्दाखेरी यो कुरा नपत्याउदो र वाहियात लाग्ला तर यो कुरा सत्य हो । किनभने मानिसको मुटुले काम गर्न छोडे पछी पनि करिब ६ मिनेट सम्म मानिसको मस्तिष्क (Brain) मरेको हुँदैन ! कहिलेकाहीँ एकदमै rare case मा मानिसको मुटुले पुन: काम गर्दा त्यो मानिस फेरि जिवित हुन्छ ! यस्तो घटनालाई मानिस मरेर पनि जागेको भनेर भनेको हामीले सुनेका पनि छौं ।

जब मानिसको मुटुको ढड्कन, स्वासप्रस्वास, नारी चल्न छोड्छ हामीले त्यो ब्यक्ति मरेको ठान्छौ र रुन कराउन थाल्छौ ! तर मानिसको शरीरको मृत्यु पछी हात खुट्टा जस्ता अङ्गहरुले काम गर्न छोडे पनि केहि समय सम्म मानिसको मस्तिष्क मरिसकेको हुँदैन र ब्रेन नमर्दा सम्म आँखा, कान जस्ता इन्द्रियहरुले काम गरिरहेका हुन्छन् ! त्यसैले मर्दै गरेको मानिसको मस्तिष्क नमर्दासम्म उसले आफ्नो अगाडि के भइरहेकोेछ देखिरहेको हुन्छ र के हुँदैछ सबै सुनिरहेको हुन्छ ! यहि कारणले गर्दा पनि मानिस मर्नासाथ उसको खुल्ला आँखालाई बन्द गर्ने गरिन्छ, ताकी अन्तिम अवस्थामा उसले आफ्नो अगाडिको रुवाबासी जस्तो दु:खद कुरा नदेखोस !

त्यसैले मानिस मर्नासाथ रुवाबासी गर्नु भनेको मर्दै गरेको ब्यक्तिको आत्मालाई अन्तिम अवस्थामा थप पीडा दिनु हो ! यस्तो अवस्थामा बरु उसलाई खुशी लाग्ने कुराहरु भन्दा र सुनाउदा उसले सन्तोषका साथ प्राण त्याग्छ ! त्यसैले मर्दै गरेको ब्यक्तिलाई यस्तो कुराहरु भन्दा वा सुनाउदा राम्रो हुन्छ । जस्तै: उसलाई छोराछोरीको पढाइमा धेरै चिन्ता थियो भने छोराछोरीले तपाईंले कुनै चिन्ता नगर्नुस् हामीले राम्रोसँग पढ्छौ । भनेर प्रोमिस गर्नु, उसको कुनै अधुरो इच्छा वा कामहरु थियो, भने त्यो काम पुरा गरि दिने वचन दिने, घरमा कुनै समस्या थियो ।

भने त्यसको हलको लागि वचन दिने, परिवारजन वा आफन्तहरुबाट कुनै गल्ती भएर उसको मन दुखेको थियो । भने त्यसको लागि क्षमायाचना गर्ने, श्रीमान श्रीमती हो, भने छिटै स्वर्गमा पुनर्मिलन हुने आश्वासन दिने, यदि उसले जिवनमा कुनै नराम्रो कर्म गरेको थियो । भने त्यसको प्रायश्चित गरिदिने भन्ने… आदि इत्यादि! यस्तो गरेको खण्डमा उसलाई अन्तिम अवस्थामा ठूलो शान्ति मिल्नेछ र सन्तोष साथ प्राण त्याग्ने छ ! यदि यो कुरा तपाईंलाई थाहा थिएन भने थाहा पाईराखेको राम्रो किनभने एकदिन हामी सबैले यो स्थितिको सामना गर्नु पर्छ, र त्यतिबेला अवश्य काम लाग्नेछ ।

यो तपाईंलाई कस्तो लाग्यो, यदि राम्रो लागेमा कमेन्ट र शेयर गरिदिनु होला । ताकि यस्तो कुरा अरुलाई पनि थाहा होस् !

Loading...
प्रकाशित मिति August 18, 2019